You are viewing the translated version of शिक्षा सेवा शुल्क.
Section 8
शिक्षा सेवा शुल्क
(१) विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा तीन प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल गरिनेछ।
(२) उपदफा (१) बमोजिम विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैङ्क वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र कुनै बैङ्क वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्कको रकम दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले व्याज बुझाउनु पर्नेछ।
(४) उपदफा (१) बमोजिम सटही सुविधा लिई शिक्षा सेवा शुल्क बुझाएका तर विदेशमा अध्ययन गर्न जान नपाएका विद्यार्थीले विदेशी मुद्रा, फिर्ता गरी शिक्षा सेवा शुल्क फिर्ता माग गरेमा आन्तरिक राजस्व विभागले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित बैङ्क मार्फत फिर्ता दिइनेछ। (५) शिक्षा सेवा शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ।